काठमाडौ, श्रावण २० - लामो समयदेखि चर्चामा रहेका मेची, कर्णाली र वाग्मती पुलको निर्माण सुरु भएको छ । यी तीन वटै पुलको डिजाइन र निर्माण नेपालीले गरेका हुन् ।
करिब १ किमि लम्बाइ रहेको कणर्ली पुल बर्दिया जिल्लामा पर्छ । पाँच वर्षभित्र सक्ने लक्ष्य लिइएको यो पुलको लागत करिब १ अर्ब हुने सडक विभागअन्तर्गत पुल परियोजना महाशाखाका परियोजना प्रबन्धक माधवकुमार कार्कीले बताए । 'त्यसका लागि करिब २० करोड रकम आवश्यक पर्छ,' उनले भने । दोहोरो लेनको यो पुलमा फुटपाथको पनि व्यवस्था हुनेछ । यो नेपालको मोटर गुड्ने अहिलेसम्मकै लामो पुल हुनेछ ।
मेची र वाग्मती पुलको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य छ । यी पुलको लम्बाइ क्रमशः ६ सय ३० र ५ सय ६० मिटर छ ।
दुवै पुलका लागि करिब ४०/४० करोड रुपैयाँ लाग्ने बताइएको छ । यसबाहेक एसियाली विकास बैंकको सहयोगमा चतरा पुल पनि सुरु भएको छ । करिब २ सय ८० मिटर लामो यो पुलको लागत करिब ८० करोड हुने विभागले जनाएको छ । यो पुललाई कोसी ब्यारेजको विकल्पका रूपमा पनि लिइएको छ । बन्द, हडतालका कारण बारम्बार सडक अवरुद्ध भइरहने हुनाले तराईका यात्रुले सास्ती भोग्नुपरिरहेका बेला यो पुलले विकल्प दिने अपेक्षा छ ।
दुवै पुलका लागि करिब ४०/४० करोड रुपैयाँ लाग्ने बताइएको छ । यसबाहेक एसियाली विकास बैंकको सहयोगमा चतरा पुल पनि सुरु भएको छ । करिब २ सय ८० मिटर लामो यो पुलको लागत करिब ८० करोड हुने विभागले जनाएको छ । यो पुललाई कोसी ब्यारेजको विकल्पका रूपमा पनि लिइएको छ । बन्द, हडतालका कारण बारम्बार सडक अवरुद्ध भइरहने हुनाले तराईका यात्रुले सास्ती भोग्नुपरिरहेका बेला यो पुलले विकल्प दिने अपेक्षा छ ।
आर्थिक वर्ष २०६६/६७ मा जम्मा ५२ मोटर गुड्ने पुल निर्माण भएका छन् । गत आवको नीति तथा कार्यक्रममा २९ पुलको निर्माण सक्ने भनिएकामा पछि ७१ पुल बनाइसक्ने अभियान थालिएको थियो ।
बन्द हडताल र रकमान्तरको प्रक्रिया लामो भएकाले लक्ष्यअनुसार पुल निर्माण हुन नसकेको विभागका अधिकारीले जनाए । 'रकमान्तरका लागि लामो समय लागेपछि व्यवसायीले पनि बीचमा काम रोकिदिए,' एक अधिकारीले भने, 'वैशाख अन्तिमतिर मात्रै रकमान्तर भयो ।' सुरुमा १ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा पछि ९५ करोड थप गरी २ अर्ब ३० करोड रुपैयाँ पुर्याइएको थियो । विनियोजित रकमको करिब ९५ प्रतिशत खर्च भए पनि लक्ष्यअनुसार काम पूरा हुन नसकेको हो ।
गत आवमा २ सय ७९ पुल निर्माणाधीन रहेकामा ७७ वटाको नयाँ ठेक्कापट्टा भयो । निर्माणाधीन पुलमध्ये करिब ४० प्रतिशत पुल ग्रामीण क्षेत्रमा पर्छन् । निर्माणाधीन पुलको बजेट करिब १३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।
पुल आयोजनाको अत्यधिक माग र बजेटको सीमितताका कारण छानेर मात्रै पुल निर्माण गर्नुपर्ने बाध्यता रहेको अधिकारीहरूको भनाइ छ । गत आवमा मात्रै राजनीतिक तहबाट करिब ४ सय पुल निर्माणका लागि माग आएको थियो । पछिल्ला वर्षहरूमा करिब १ हजार पुलको डिजाइन भइसकेको छ ।
पुल निर्माणका योजना सञ्चालन गर्दा हुँदै नभएका र जीर्ण भई समस्या परेका ठाउँलाई पहिलो प्राथमिकता दिने गरिएको कार्कीले बताए । राजमार्गमा पुरानो भएर जीर्ण भएका कल्भर्टको ठाउँमा पनि पुल निर्माण गर्ने योजना विभागको छ .
source:- ekantipur.com
No comments:
Post a Comment