पुल निर्माणसँगै विकास


मैनामैनी(उदयपुर) , श्रावण २३ -  सप्तकोशीको चतरामा पुल निर्माणसंगै जिल्लाको पूर्व क्षेत्रका दर्जन बढि गाविसका सर्वसाधरणको आर्थिक , सामाजिक र सांस्कृतिक विकास हुने भएको छ ।

बर्षौदेखि विकासबाट पछाडी परेका गाविसमा पुल निर्माणसंगै सडक विस्तार हुने भएकोले उनीहरुको जिवनस्तरमा विकास हुने भएको हो । पुल निर्माणले धरान र विराटनगर लगायत पूर्वका प्रमुख बजार नजिक हुदाँ सदरमुकाम पूर्वका गाविसको आर्थिक विकासमा ठूलो परिर्वतन ल्याउने स्थानीयले वताए ।
बेल्टार, हडिया, सुन्दपुर, चौडण्डी, सिद्धिपुर, बबला, मैनामैनी, रामपुरठोक्सी र तपेश्वरी लगायका गाविसका कृषि उपजले सजिलै बजार पाउने भएकाले सर्वसाधरणको आर्थिक विकास हुने स्थानीयले विश्वास लिएका छन । ठोक्सीलाका किसानले उत्पादन गरेको दूध बिहानको ४ नबज्दै धरानमा पुर्‍याउन सकिन्छ संचारकर्मी समेत रहेका स्थानीय बाबुराम भण्डारीले वताए ।"झण्डै ४५ मिनेटको बस यात्रापछि ठोक्सीलाबाट धरान पुगिन्छ"उलने भने "बिहानको ३ बजे उठेर गाईभैसी दुएर लग्दापनि ४ बजे धरानमा ताजा दुग्ध पुग्छ"।
 भर्खरै दुएको गाईभैसीको दुध विक्रि हुनेपनि समस्या नहुने र आर्थीक विकास हुने उनले वताए । हाल ठोक्सीलाबाट बस चढेर धरान जानु पर्यो भने सप्तरीको फत्तेपुर, कंचनपुर-सप्तकोशीको व्यारेज तरेर सुनसरीको इनरुवा इटहरी हुदै करिब ५ घण्टामा धरान पुगीने भण्डारीले वताए ।
    चतरामा पुल निर्माणसंगै मैनामैनीका सर्वसाधरणले आफ्नो दिन धेरै बर्षपछि आएको वताउदै आएका छन । "चैत बैशाखमा टाकीको मुन्टाको तरकारी र साउन भदौमा मकैको भरमा छाक टार्नुपर्ने दिन गए जस्तो लाग्यो" स्थानीय निर्मला राईले टेलिफोनबाट कान्तिपुरलाई वताइन । उनले भने "सप्तकोशीको चतरा पुलले मैनामैनीलाई धरानसंग नजिक बनाउछ"। झण्डै ३० मिनेटमा मैनामैनीको सोमबारेबाट धरान पुग्ने उनले वताइन ।
    ठूला बजार नजिक हुदाँ मैनामैनीमा उत्पादन हुने कृषि उपजले सजिलै बजार पाउदाँ यहाँका सर्वसाधरणको जिवनस्तरमा परिर्वतन ल्याउने निर्मालाले वताइन । उनले भनिन" मैनामैनीमा उत्पादन हुने कागत र करेला(इसखुस) बाटो र पुलको अभावले बारिमै कुहिन्छ"। सडक र पुल भएपछि धरान बिराटनगर जस्ता बजारमा लगेका कागती र करेला विक्रि गरेर आउने रुपैयाले चामल किन्न सकिने भएकोल सर्वसाधरले टाकिको मुन्टा खाने दिन गएको उनले वताइन ।
    पुल निर्माणले जिल्लाको पूर्व क्षेत्रकोमात्रै नभई जिल्लाको आर्थीक विकासमा ठूलो योगदान पुग्ने स्थानीय विकास अधिकारी मोहननाथ मास्केले वताए । उनले भने "विकासबाट पछाडी परेको उदयपुरमा पुलले आर्थीक, सामाजीक, शैक्षिक र संास्कृतिक विकासमा ठूलो योग्दान पुग्छ"। पुल निर्माणसंगै पछाडी परेको ऐतिहासीक मैनामैनी दरबार, रौतापोखरी, चौडण्डीगढी र उदयुरगढीमा पर्यटन विकास गर्न सकिने उनले वताए ।
    मुलुककै सबैभन्दा ठूलो नदीमा बनाईने २ सय ६९ मिटर लम्वाईको पुल निर्माणको कार्य सुरु गरिएको छ । स्टिल ट्रष्टबाट बनाइने पुलको ४ स्थानमा तीन वटा पिलर रहने पुल निर्माण कार्य प्रारम्भ गरेको कोशी पुल-चतरा)योजनाका प्रमुख नारायण भट्टराईले वताए । पुल निर्माणको लागी झण्डै १ अरब ५ करोडको लागत स्टिमेट रहेको छ 
source:-www.ekantipur.com

No comments:

Post a Comment